शनिबार, मंसिर २०, २०८२

संयमता अपनाउन डा. सन्दुक रुइतको अपिल

 |  मंगलबार, भदौ २४, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २४, २०८२

काठमाडौं । वरिष्ठ नेत्र रोग विशेषज्ञ तथा डा.सन्दुक रुइतले जेनजी आन्दोलनकारीहरूलाई संयमता अपनाउन अपिल गरेका छन्।

National life

उनले सामाजिक सञ्जालमार्फत परिवर्तनका लागि सडकमा विरोध प्रदर्शन गरिरहेका उनीहरूलाई सार्वजनिक सम्पत्तीको रक्षा गर्नु हरेक नेपालीको दायित्व भएको स्मरण गराएका छन्।

उनले भने, 'भाइबहिनीहरू, तपाईँहरूले देखाउनुभएको अदम्य साहसका कारणले असहिष्णु राजनीतिक नेतृत्व पछाडि हटिसकेको छ । यस्तो अवस्थामा सार्वजनिक सम्पत्तिमाथि आगजनी गर्नु र नष्ट गर्नु उचित हुँदैन।'

उनले सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व भएको दोहोर्याउँदै भने, 'सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौँ र गर्न नदिउँ। संयम बनौँ, सबै मिलेर देश जोगाउँ, सबै जुटेर देश बनाउँ।'

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 09, 2025| 18:31 मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्