बुधबार, वैशाख ९, २०८३

राष्ट्रपति पौडेलले सबै पक्षलाई बोलाए वार्तामा

 |  मंगलबार, भदौ २४, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २४, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संयमित हुन र वार्तामा आउन अपिल गरेका छन्।

National life

मंगलबार अपराह्न उनले एक अपिल जारी गर्दै सबै पक्षालाई संयमता अपनाउन र वार्तामा आउन अनुरोध गरेका हुन्।

'लोकतन्त्रमा नागरिकले उठाएका मागहरू जेन–जीका प्रतिनिधिसँग समेत बसेर वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले संयमित हुन, मुलुकलाई अरू क्षति हुन नदिन र वार्तामा आउन म सबै पक्षलाई अपिल गर्दछु,' पौडेलले भनेका छन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेको जानकारी गराउँदै अहिले लोकतन्त्रको माया गर्दै समस्या समाधानका लागि सबै पक्षले सहयोग गर्नेमा विश्वस्त रहेको बताएका छन्।

उनले शान्तिपूर्ण समाधानका लागि सबैलाई सहयोग गर्न आग्रह गरेका हुन्।

kumari

प्रकाशित: Sep 09, 2025| 18:16 मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्