काठमाडौं- युएई टुरमा रहेको नेपालले शनिबार युएईसँग एकदिवसीय सिरिजको दोस्रो खेल खेल्दैछ । एकदिवसीय र टी-२० सिरिजका लागि युएई टुरमा रहेको नेपालले शनिबार दोस्रो एकदिवसीय खेल खेल्न लागेको हो ।
दुबईस्थित आईसिसीको क्रिकेट एकेडमीमा नेपाली समय अनुसार ११:१५ बजे सुरु हुने छ । सिररिजको पहिलो खेल गुमाएको नेपालाई सिरिज जित्नका लागि यो खेल जित्नै पर्ने दबाब छ ।
नेपाल सिररिजको पहिलो खेलमा युएईसँग ३ विकेटले पाजित भएको छ । पहिलो एकदिवसीय सिरिज जित्ने लक्ष्यमा रहेको नेपाललाई युएईसँगको दोस्रो खेल नजिते सिरिज जित्ने सपना विफल हुने छ ।
यो खेलमा जित निकाले नेपालले सिरिज १-१ को बराबरी गर्नेछ । र, सिरिज जित्ने आशा जीवितै राख्ने छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट एकदिवसीय मान्यता पाएपछि दोस्रो एकदिवसीय सिरिज खेलीरहेको नेपाललाई सिरिज जोगाउन जित्नै पर्ने दबाब छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४