मंगलबार, भदौ २४, २०८२

सीके राउतले दिए प्रतिनिधि सदस्य पदबाट राजीनामा

 |  मंगलबार, भदौ २४, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २४, २०८२

vianetvianet

काठमाडौं । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले प्रतिनिधि सभाको सदस्य पदबाट राजीनामा दिएका छन्।

Kumaribank

सभामुखलाई सम्बोधन गरेर लेखिएको राजीनामा पत्रमा उनले देशमा जारी आन्दोलन र वर्तमान अवस्थालाई नौलो गणतन्त्रले मात्रै सम्बोधन गर्न सक्ने भन्दै सोको स्थापनाका लागि आफ्नो पद त्यागेको स्पष्ट पारेका छन्।

राउतले विगतमा पटक–पटक मन्त्री र उपप्रधानमन्त्री बन्ने अवसर आउँदा पनि पदको लालच नराखी जनतासँग उभिएको स्मरण गराएका छन्।

'ममाथि आस्था र विश्वास राख्ने जनतालाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। म सँधै जनतासँगै उभिन्छु,' राजीनामा पत्रमा उनले भनेका छन्।

Metro Mart

प्रकाशित: Sep 09, 2025| 17:44 मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्