काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सर्बदलीय बैठक बोलाएका छन्।
मंगलबार एक विज्ञप्ति जारी गर्दै हिजो राजधानी र देशको विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिको घटनाप्रति दुखी रहेको बताउदै उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्न र सार्थक निस्कर्षको लागि संबद्ध पक्षसँग संवादमा रहेको उल्लेख गरेका छन्।
साथै उनले आज साँझ ६ बजे सर्वदलीय बैठक आव्हान गरेको जानकारी दिदै उत्पन्न विषम परिस्थितिमा संयम रहन आग्रह गरेका छन्।