बिहीबार, साउन १४, २०८३

प्रधामन्त्री ओली स्वदेश फर्किदै, डाभोसमा के के गरे ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली शनिबार स्वदेश फर्किदै छन् । स्वीट्जरल्याण्डमा भएको विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा सहभागी भएर उनी आज बिहान स्वदेश फर्किन लागेका हुन् ।
 
प्रधानमन्त्री ओली बिहान सवा १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने कार्यक्रम छ । कतार एयरबाट प्रधानमन्त्री स्वदेश फर्किन लागेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । 

२० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली गत आइतबार राति त्यसतर्फ प्रस्थान गरेका थिए । डाभोस शहरमा आयोजित विश्व आर्थिक मञ्चको पूर्णसत्र बैठकका साथै ‘दक्षिण एशियाको राजनीतिक परिदृश्य’ र ‘प्रजातन्त्रको भविष्य निर्धारण’ विषयका दुई बेग्लाबेग्लै छलफलमा सहभागी भएका थिए । 

प्रधानमन्त्री ओलीले बैठकमा नेपालमा हासिल भएको राजनीतिक स्थायित्व र आफू नेतृत्वको वर्तमान सरकारका सामाजिक, आर्थिक रुपान्तरणका प्राथमिकताबारे विश्व समुदायलाई जानकारी गराएका थिए । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।