शनिबार, मंसिर २०, २०८२

देशभर १९ जनाको मृत्यु

 |  सोमबार, भदौ २३, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २३, २०८२

काठमाडौं । आज भएको जेनजीहरूको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ।

National life

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार मृतकको संख्या १९ पुगेको हो। देशभर विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइते उपचाररत छन्।

काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित: Sep 08, 2025| 18:58 सोमबार, भदौ २३, २०८२
प्रतिक्रिया दिनुहोस्