बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शनिबार दिनभर पानी पर्ने, अबको तीन दिन यस्तो हुनेछ मौसम 

शनिबार दिनभर पानी पर्ने, अबको तीन दिन यस्तो हुनेछ मौसम 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- मंगलबारदेखि मौसममा अकस्मात देखिएको फेरबदलका कारण शुक्रबार रातिदेखि नै पानी परेको छ ।
 
काठमाडौं उपत्यकासहित देशका अधिकांश भागमा शनिबार बिहान पनि वर्षा भइरहेको छ । शनिबार दिनभर जसो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले शनिबार देशभरी कै मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । 

उनका अनुसार शनिबार केहीबेर मौसम खुलेपनि फेरि बदली भई पानी पर्नेछ । बुधबार पनि देशका विभिन्न ठाउँमा पानी परेको थियो । पानी परेसँगै उच्चपहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ। काठमाडौं आसपासका क्षेत्रमा पनि हिउँ परेको छ । चन्द्रागिरी, शिवपुरी, फूल्चोकी लगायतका क्षेत्रमा हिउँ परेको हो । 

यस्तो हुनेछ अबको तीन दिनको मौसम

माघ १२   गते (शनिबार )

दिउँसो: देशको अधिकांश स्थानहरुमा आंशिक देखि सामान्य बदलि रहनेछ | पूर्वी तथा मध्य क्षेत्रका केहि स्थानहरुमा र पश्चिम क्षेत्रका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना छ | देशको हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपात हुने संभावना छ ।

राति: देशको अधिकांश स्थानहरुमा आंशिक देखि सामान्य बदली रहनेछ | मध्य तथा पूर्वी क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमी क्षेत्रका एक वा दुई स्थानमा हल्का वर्षाको संभावना छ ।

 माघ १३ गते (आइतबार )

दिउँसो: देशका पहाडी भेगहरुमा आंशिक देखि सामान्य बदली र बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ | देशका पहाडी भेगका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना छ |

रातिः देशको पश्चीमी भुभागमा सामान्य बदली र बाँकी भुभागमा आंशिक बदली हुनेछ | पश्चिमी क्षेत्रका थोरै स्थानमा हल्का वर्षाको संभावना छ ।

माघ १४  गते (सोमबार)

दिउँसो: देशका पहाडी भेगहरुमा आंशिक बदली र बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ | देशका पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना छ |

रातिः देशभर मौसम सामान्यतया सफा रहनेछ |
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।