आइतबार, भदौ २१, २०८३

जेनजी पुस्ता संसद भवनमा छिरेपछि राष्ट्रिय सभाको आजको बैठक स्थगित

 |  सोमबार, भदौ २३, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २३, २०८२

काठमाडौं- आज बस्ने भनिएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ।

संघीय संसद सचिवालयले सूचना जारी गर्दै आज १: १५ बजे बस्ने तालिका रहेको राष्ट्रिय सभाको बैठक बुधबार अपराहन्न १: १५ बजे बस्ने जानकारी दिएको छ।

आज बानेश्वर क्षेत्रमा भएको जेनजीको आन्दोलनका कारण संसद भवन क्षेत्र तनावग्रस्त बनेपछि बैठक स्थगित भएको हो। आन्दोलनमा उत्रिएका युवाहरु संसद भवन भित्र पसेका थिए भने प्रहरीले उनीहरुलाई रोक्न पानीको पोहोरा, अश्रुग्यास, रबरको गोली र हवाई फायर समेत गरेको थियो।

 

 

प्रकाशित: Sep 08, 2025| 13:40 सोमबार, भदौ २३, २०८२
प्रतिक्रिया दिनुहोस्