बिहीबार, साउन १४, २०८३

आजका अखबार : मुठभेडतर्फ मुलुक !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीबाट प्रकाशित शनिबारका सबैजसो राष्ट्रिय दैनिक अखबारहरुले अबरोध र बिरोधकाबीच चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गरिएको विषयलाई मुख्य समाचार बनाएका छन् । 

विपक्षी दल कांग्रेसले रोष्टम घेराउ, नाराबाजी र होहल्ला गरिगरहदा त्यसलाई वेवास्ता गर्दै सभामुख कृष्णबहादुर महराले संसदको कारबाही अघि बढाएका थिए ।

उनले सत्तापक्षको इरासामा विधेयकलाई प्रक्रियामा लगेपछि मुठभेडको अवस्था देखापरेको थियो । यद्यपी मर्यादापालकले स्कर्टिङ गरेर शिक्षामन्त्रीलाई रोस्ट्रममा पुयाए पछि यसको खतरा कम भएको थियो । मन्त्री ड्यासमा पुगेपछि बलजफ्ती विधेयक पारित गर्ने काम भयो । जसले संसदीय इतिहासमा अर्को गलत नजिर बसाएको छ। 

यसैविषयलाई मुख्य समाचार बनाउँदै आजको कान्तिपुर दैनिकले अवरोधबीच विधेयक पारित शीर्षकमा खबर लेखेको छ । अन्नपूर्ण पोस्ट्ले बलजफ्ती विधेयक शीर्षकमा खबर छापेको छ । नागरिक दैनिकले मार्सल लगाएर चिकित्सा शिक्षा विधेयक पारितः मुठभेडतर्फ मुलुक शीर्षकमा मुख्य समाचार छापेको छ । 

नागरिकले समाचारमा लेखेको छ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अवरुद्ध गरिरहेका बेला मार्सल प्रयोग गरेर राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि मुलुक राजनीतिक मुठभेडतर्फ अघि बढेको छ । सरकारले जबरजस्त विधेयक पारित गरेसँगै यसले सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलबीचको दुरी बढेको छ । 

यो विषय बाहेक नागरिकले धामीझाँक्रीले नै भत्काउन थाले छाउगोठ शीर्षकमा खबर छापेको छ भने कान्तिपुरले साइबर रेपको पासो शीर्षकमा खबर लेखेको छ । अन्नपूर्ण पोस्ट्ले जन्ती बसमा करेन्ट लाग्दा ७ जनाको मृत्यु भएको विषयलाई महत्वका साथ छापेको छ । 

आजको नयाँ पत्रिका दैनिकले भने शिथिल हुँदै गएको विधार्थी आन्दोलनको विषयलाई मुख्य समाचार बनाएको छ ।

मुझार्यो विद्यार्थी आन्दोलन शीर्षकमा खबर लेखेको उसले हिजोका दिनमा व्यवस्था ढाल्न सक्रिय बनेका विद्यार्थी संगठन आज तितरबितर भएको उल्लेख गरेको छ । विधार्थी संगठनहरु दिशा बिहिन मात्रै भएका छैनन् संगठन भित्रको लडाइका कारण पनि कमजोर बनिरहेको नयाँ पत्रिकाले लेखेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।