बिहीबार, साउन १४, २०८३

जन्ती चढेको बसमा करेन्ट लागेर ६ जनाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- धनुषाको सबैला नगरपालिका-४ स्थित कोठिया बल्टियामा जन्ती सवार बसमा करेन्ट प्रभाव हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ।

ना ५ ख १७५२ नम्बरको बसमा सबार करिब डेढ दर्जन घाइते भएको बताइएको छ । घाइते मध्ये करिब आधा दर्जनको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ।

सिन्धुलीको दुधौलीबाट धनुषा सबैलाको बल्टियामा जन्ती आएको थियो। शुक्रबार बिहान आएको जन्ती वैवाहिक कार्यक्रम सम्पन्न भएपछि फर्किने क्रममा बसको छतमाथि राखिएको जस्ताको बाकसमा ११ हजार भोल्टको करेन्ट प्रभाव भइरहेको तारमा छोएपछि बसमासमेत करेन्ट प्रभाव भएको थियो।

बसमा करेन्ट प्रभाव भएको बेला करिब ४० जना मानिस बसमा सवार थिए । घटनामा घाइते भएकाहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार हुँदै छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।