शनिबार, मंसिर २०, २०८२

देउवाको पोस्टमा बालेनको कमेन्ट : यो पोस्ट कुन भीपीएनबाट हो ?

 |  आइतबार, भदौ २२, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २२, २०८२

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कुन भीपीएनबाट फेसबुकमा पोस्ट गरेको भन्दै प्रश्न गरेका छन्।

National life

शनिबार साँझ देउवाले सुनसरीको भोक्राहा नरसिंहा गाउँपालिकामा नेपाल उराँव संघको कार्यक्रमलाई सम्बोधन गरेको तस्बिर पोस्ट गरेका थिए।

सरकारले बिहीबार दर्ता नभएका २६ सामाजिक संजाल बन्द गर्ने व्यवस्था गर्न यस सम्बन्धी नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणलाई पत्राचार गरेको थियो। प्राधिकरणले बिहीबारै दर्ता नभएका संजाल बन्द गर्न देशका सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई निर्देशन दिइसकेको छ। निर्देशनअनुसार सेवा प्रदायकले संजालहरु बन्द पनि गरेका छन्।

तर, सामाजिक संजालहरु बन्द भइसकेको अवस्थामा शनिबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दर्ता नभएका कारण निलम्बित संजाल फेसबुकमा पोस्ट गरे।

यो पोस्टमा काठमाडौंका मेयरले कमेन्ट गरेका हुन्। मेयरले लेखेका छन्- 'यो पोस्ट कुन भीपीएनबाट हो, नेपाली कि विदेशी ?' उनले अगाडि थप व्यङ्ग्य गर्दै लेखेका छन् 'सारै गाह्रो हुने रहेछ भीपीएनबाट चलाउन त।'

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 07, 2025| 12:20 आइतबार, भदौ २२, २०८२
प्रतिक्रिया दिनुहोस्