बिहीबार, साउन १४, २०८३

जनकपुरका एसइई विद्यार्थीलाई ‘ट्रिटन’को अभिमूखिकरण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- गुणस्तरीय शिक्षाको माध्यमबाट शैक्षिक क्षेत्रमा ख्याति कमाउन सफल काठमाण्डौंको ट्रिटन इन्टरनेशनल सकेन्ड्री स्कुल÷कलेजले एसइईमा सहभागी हुन गइरहेका विद्यार्थीहरुलाई लक्षित गरी जनकपुरमा अभिमूखिकरण कार्यक्रम सम्पत्र गरेको छ।

आगामी चैत महिनामा हुन गइरहेको एसइईलाई मध्यनजर गरी विद्यार्थीहरुलाई परीक्षाको तयारी गर्ने तरिकाका विषयमा जानकारी गराउन ट्रिटनले शुक्रबार जनकपुरमा एक दिने अभिमूखिकरण गरेको हो।

कार्यक्रममा बोल्दै राष्ट्रिय परीक्षा बोर्डका प्रदेश २ प्रमुख चुडामणि फुयालले यस वर्षको एसइई विगतको भन्दा थप व्यवस्थित र मर्यादिन हुने जानकारी दिए। परीक्षालाई मर्यादित र व्यवस्थित बनाउने गरी काम शुरु भइसकेको उनले बताएका छन्।

‘एसइई सञ्चालन गर्ने जिम्मेवारी अब प्रदेशले पाएको छ,’ उनले भने,‘जनकपुरमात्र नभएर सम्पूर्ण प्रदेशभित्र परीक्षा मर्यादित हुन्छ। विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्न पनि परीक्षालाई मर्यादित बनाउन जरुरी छ।’

डिभी ग्रप अफ कम्पनी तथा ट्रिटन कलेजका अध्यक्ष विश्वनाथ प्रसाद साहले गुणस्तरीय र समयको मागअनुसार अध्यन अध्यापन गराउँदै आएकोले कम समयमा ट्रिटन कलेज आफ्नो पहिचान स्थापित गर्न सफल भएको बताए।

कलेको बारेमा बोल्दै शाहले भने,‘हामी शैक्षिक क्रियाकलापमा मात्र केन्द्रीत छैनौं। विद्यार्थीहरुको क्षमताअनुसार कलेजेले अतिरिक्त क्रियाकलापतर्फ समेत ध्यान दिँदै आइरहेको छ।’

गुणस्तरीय शिक्षा र कलेजको विद्यार्थी मैत्री वातावरणका कारण पछिल्लो दुई वर्षदेखि उत्कृष्ट कलेजको उपाधि प्राप्त गर्नसमेत आफूहरु सफल भएको उनले जानकारी दिए।

कलेजका अध्यक्ष शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलेजका निर्देशक डा.शम्भुकुमार दास, उपप्रधानाध्यापक श्रीकृष्ण विष्ट, प्रशासकीय प्रमुख ऋतु न्यौपाने, अंग्रेजी विभागका प्रमुख कुमार थापा, कलेजक पूर्व विद्यार्थी शिवांग दत्तलगायतका व्यक्तिहरुले एसइई परीक्षाको तयारी, एसइई परीक्षापछि अध्ययन गर्ने विद्यालय र विषयबारे कार्यक्रममा उपस्थित विद्यार्थीहरुलाई जानकारी गराएका थिए।

कार्यक्रममा जनकपुरका एक दर्जनभन्दा बढी विद्यालयका पाँचसय भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।