बिहीबार, साउन १४, २०८३

फिरौती रकमसहित एक महिला जनकपुरबाट पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- काठमाण्डौंबाट अपहरणमा परेकी दुई वर्षीया एक बालिकालाई रिहा गर्न माग गरेको फिरौती रकमसहित एक महिला जनकपुरबाट पक्राउ परेको छ। पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–४ नमस्कार चोक बस्ने अंजना गुप्ता रहेको प्रहरीले जनाएको छ।

अंजनालाई प्रहरीले शुक्रबार साँझ उनको घरबाट डेढ लाख फिरौती रकमसहित पक्राउ गरेको धनुषाका एसपी गोविन्द थपलियाले जानकारी दिएका छन्।

काठमाण्डौंको कोटेश्वर बस्ने सन्तोष दत्तकी दुई वर्षीय छोरी सनविज्ञ दत्तलाई शुक्रबार बिहान ९ बजे अपहरणमा परेकी थिइन्। अपहरणमा परेकी सनविज्ञका बाबु सन्तोषलाई फोन गरेर अंजनाका पति मनिष गुप्ताले डेढ लाख फिरौती रकम जनकपुरमा बुझाउन भनेका थिए। 

अपहरणमा परेका सनविज्ञका आफन्तले बुझाएको फिरौती रकमसहित अंजना पक्राउ परेको एसपी थपलियाले बताए । अंजनाका साथै प्रहरीले शंकाको आधारमा थप एकजनालाई पक्राउ गरेको छ। 

प्रहरीले काठमाण्डौंको कोटेश्वरबाट अपहरणमा परेकी बालिका सनविज्ञको उद्धार गर्न सफल भएको छ भने अंजनाका पति मनिष फरार रहेको प्रहरीले जनाएको छ । घटनाबारे थपअनुसन्धान भइरहेको एसपी थपलियाले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।