काठमाडौं । नेकपा (एमाले)ले दोस्रो विधान महाधिवेशनमा पार्टीको वैचारिक, संगठनात्मक र कार्यशैलीगत रूपान्तरणका लागि ठूला संशोधन प्रस्ताव पेश गरेको छ ।
प्रस्तावमा पार्टीले ‘नेपाली विशेषताको समाजवाद’लाई मार्गदर्शक अवधारणा बनाउँदै समाजवाद निर्माणलाई दीर्घकालीन कार्यदिशा बनाउने उल्लेख गरिएको छ ।
प्रस्तावअनुसार, २०६८ को नवौँ महाधिवेशनपछि समाजवादलाई रणनीतिक लक्ष्यका रूपमा तय गरिएको भए पनि त्यसलाई संविधानमा उल्लेख भएअनुसार अझ स्पष्ट र कार्यान्वयन योग्य बनाउन विधानमै प्रावधान थप्नुपर्ने देखिएको छ ।
यसैअन्तर्गत ‘नेपाली विशेषताको समाजवाद’लाई जोड दिँदै वैज्ञानिक समाजवादको मार्गलाई सुदृढ पार्ने भनिएको छ ।