बिहीबार, माघ २२, २०८२

संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडा निर्विरोध चयन

 |  शुक्रबार, भदौ २०, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २०, २०८२

काठमाडौं । संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापति पदमा नेपाली काँग्रेसका सांसद रामहरि खतिवडा निर्विरोध चयन भएका छन्।

National life

समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा शुक्रवार बसेको बैठकमा उनलाई निर्विरोध चयन भएको घोषणा गरिएको हो।

समितिकी यसअघिकी सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि रिक्त सभापति पदमा खतिवडाको एकल उम्मेदवारी परेको थियो।

बैठकमा सांसद श्यामकुमार घिमिरेले खतिवडालाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई नेकपा ९एमाले०का सांसद महेश बर्तौलाले समर्थन जनाए। खतिवडा यसअघि राज्य व्यवस्था समितिको सभापति थिए।

संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियडको व्यवस्थामा भएको छेडखानीका सम्बन्धमा छानबिन गर्न गठित समितिले उनलाई नैतिक र राजनीतिक जिम्मेवार ठहर गरेपछि राजीनामा दिएका थिए।

Laxmi sunrise bank

प्रकाशित: Sep 05, 2025| 18:15 शुक्रबार, भदौ २०, २०८२
प्रतिक्रिया दिनुहोस्