धनगढी- सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका सदस्यहरुले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तलाई न्याय नपाएको जवाफ ल्याएर मात्र आउन सुझाव दिएका छन्।
प्रदेश सभाको शुक्रबारको बैठकमा विशेष समयमा बोल्दै कांग्रेसबाट विजयी प्रदेश सभा सदस्य डिल्लीराज पन्तले यस्तो सुझाब दिएका हुन्। पन्तले लामो समय सम्म निर्मला हत्या प्रकरणको वास्तविकता गर्भमै रहेकाले त्यसको जवाफ बोकेर मात्र सुदूरपश्चिम आउँन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका हुन्।
निर्मलाको न्याय खोई ? भन्ने प्रश्नको जवाफ ल्याएर मात्र आउन भन्नु होला पन्तले भने। प्रधानमन्त्री ओली महोत्सवको उद्धघाटनका लागि माघ २१ गते सुदूरपश्चिम आउने कार्यक्रम रहेको छ।
सोही अबसरमा ओलीले २१ गते नै संसदलाई संबोधन गर्ने कार्यक्रम तय भएको सभामुख अर्जुन बहादुर थापाले जानकारी दिए । अोली आउने निश्चित भएपछि सभा हलमा बस्नका लागि सिटको ब्यवस्था गर्न संसद सचिवालयका कर्मचारीलाई निर्देशन दिइसकेकोसमेत उनले जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४