शनिबार, मंसिर २०, २०८२

आलोचनात्मक चेतले लोकतन्त्रलाई सबल र समुन्नत बनाउँछ : राष्ट्रपति

 |  बिहीबार, भदौ १९, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १९, २०८२

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आलोचनात्मक चेतले लोकतन्त्रलाई सबल र समुन्नत बनाउने बताएका छन्।

National life

रविन्द्र शाह स्मृति प्रतिष्ठानद्वारा राजेश्वर नेपालीको ८३औँ जन्मजयन्तीका अवसरमा आयोजित राजेश्वर नेपाली अभिनन्दन ग्रन्थ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले लोकतन्त्रलाई आधुनिक समयको शासन प्रणालीको उच्चतम रुप मात्र नभइ लोकतन्त्रका आदर्श, मूल्य मान्यतालाई हाम्रो आचरण र जीवनशैलीका रुपमा आत्मसाथ गर्दै मुलुक बनाउने अवसरमा रुपान्तरण गर्नुपर्ने बताए।

उनले आम नागरिकमा सपना, आशा र भरोसा जागृत गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिवद्ध राष्ट्र निर्माणको युगिन अभिभारालाई पूरा गर्न सबै आ–आफनो ठाउँबाट क्रियाशील हुनुपर्ने बताए।

राष्ट्रपति पौडेलले लोकतन्त्र र पत्रकारिता एक अर्काका पर्याय भएको बताउँदै व्यावसायिक पत्रकारिताले लोकतन्त्रलाई बलियो बनाउने र लोकतान्त्रिक व्यवस्थामा मात्र पत्रकारिता जगतले आफ्नो व्यावसायिक धर्म निर्वाध निर्वाह गर्न पाउने बताए।

राष्ट्रपति पौडेलले राजेश्वर नेपालीलाई आफूले एउटा कट्टर लोकतन्त्र र राष्ट्रवादी व्यक्तिका रुपमा चिनेको उल्लेख गर्दै उनले निर्भिक पत्रकार, सादा जीवन र उच्च विचारका परिवर्तनप्रेमी प्रेरक व्यक्ति भएको बताए।

Laxmi sunrise bank
kumari

राजेश्वर नेपालीले निरंकुशताबाट जनताको उन्मुक्तिका लागि जेननेलको कुनै प्रवाह नगरि एउटा कवि र कलमजीवीकारुपमा भाषा, साहित्य र संस्कृति मात्र होइन, मिसन पत्रकारितादेखि लोकतान्त्रिक मूल्य मान्यता एवम् आदर्शको लागि प्रेस र प्रजातन्त्र सेनानीका रुपमा आफूलाई उभ्याउन कहिँकतै नचुकेको राष्ट्रपति पौडेलको भनाई थियो।

 

प्रकाशित: Sep 04, 2025| 18:19 बिहीबार, भदौ १९, २०८२
प्रतिक्रिया दिनुहोस्