शुक्रबार, भदौ २०, २०८२

राष्ट्रियसभाअन्तर्गतका दुई समितिको बैठक बस्दै

 |  बिहीबार, भदौ १९, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १९, २०८२

vianetvianet

काठमाडौ- आज राष्ट्रियसभाअन्तर्गतका दुई समितिको बैठक बस्दैछ। आज अपराह्न १२:३० मा ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति’ को बैठक सिंहदरबारस्थित समितिको हलमा बस्दैछ। यो समितिको २९७औँ बैठक हो। बैठकमा प्रत्यायोजित विधायन र कानुन समाजसँग समितिको सहकार्य छलफललगायत विविध विषयमा छलफल हुनेछ।

Kumaribank

बैठकमा नेपाल कानुन समाजका अध्यक्ष तथा पूर्वउपसभामुख पुष्पा भुसाल (गौतम) र समाजका कार्यक्रम निर्देशक मोहनलाल आचार्यलाई आमन्त्रण गरिएको छ।

यसैगरी, राष्ट्रियसभाअन्तर्गतकै ‘सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’ को ३०५औँ बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा समितिको आव २०८२/८३ को वार्षिक कार्ययोजना र लुम्बिनी प्रदेशअन्तर्गत भएका अनुगमन एवम् अन्तरक्रियाको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने कार्यतालिका छ।

प्रकाशित: Sep 04, 2025| 06:55 बिहीबार, भदौ १९, २०८२
प्रतिक्रिया दिनुहोस्