आइतबार, भदौ २१, २०८३

अवरुद्ध सडक तदारुकताका साथ खोल्न प्रयास गरिने

 |  आइतबार, भदौ १५, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १५, २०८२

काठमाडौं । बाढीपहिरोका कारण अवरुद्ध सडक तदारुकताका साथ खोल्न प्रयास गरिने भएको छ।

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आज भएको बैठकमा विपद् पूर्वतयारी प्रतिकार्य शाखाले प्रभावित सडकबारे जानकारी दिएपछि गृहमन्त्रालयलगायत सम्बद्ध निकायका अधिकारीहरूले यथाशीघ्र बन्द सडक खोल्न प्रयत्न गर्ने बताएका हुन्।

बाढीपहिरोले पासाङल्हामु राजमार्गअन्तर्गत रसुवा– गोसाइँकुण्ड, अरनिको राजमार्गअन्तर्गत भोटेकोशी–कोदारी र घट्टेखोला, बेनी–जोमसोम सडक खण्डअन्तर्गत दुईखोलीमा सडक अवरुद्ध छ।

घोराही–थवाङ सहिद मार्गअन्तर्गत त्रिवेणीमा, भेरी करिडोरको छलघाट, कर्णाली राजमार्गको शुभकालीन र भेरी करिडोरअन्तर्गत आठबिसकोटमा बाटो बन्द भएको छ।

प्रकाशित: Aug 31, 2025| 17:14 आइतबार, भदौ १५, २०८२
प्रतिक्रिया दिनुहोस्