आइतबार, भदौ २१, २०८३

आगामी मंसिर भित्रमा केन्द्रको महाधिवेशन हुन्छ : गगन थापा

 |  बिहीबार, भदौ १२, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १२, २०८२

रौतहट। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी मंसिरभित्रमा केन्द्रको महाधिवेशन गरिसक्नुपर्ने बताएका छन्।

कांग्रेस सर्लाहीले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले मंसिर पछाडि महाधिवेशन लैजान नपाइने बताए। महाधिवेशन सकिएपछि मात्र नयाँ चुनावको सामना हुने उनले बताए।

कार्यक्रममा महामन्त्री थापाले उखु किसानको मागलाई सरकारले चाँडै सम्बोधन गर्नुपर्ने बताए।  उखु किसानलाई अनुदान दिनुपर्ने प्रस्ताव कृषिमन्त्री रामनाथ अधिकारीले मन्त्रिपरिषदमा लगेको भएपनि अस्वीकार भएको उनले बताए।

यद्यपि, मन्त्री अधिकारीको जोडबलमा अघिल्लो बर्षको पैसाबाट ३५ रुपैयाँ अनुदान दिएको थापाले बताए।

आफूले पार्टी सभापतिलाई ध्यानाकर्षण गराएको उल्लेख गर्दै थापाले सभापतिले प्रधानमन्त्रीसँग कुरा गरेको जानकारी दिए। उखु किसानको भुक्तानीका लागि पैसा खोज्न नपर्ने उनले दाबी समेत गरे। 

उनले मधेशमा कृषिको समस्या अन्त्य गर्न सरकारले चासो दिनुपर्ने बताए। वासुदेवशरण  कोइरालाको  स्मृतिमा लालबन्दी नगरपालिका–२,जुटपानीस्थित पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रम परिसरमा आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्वोधन गर्न सर्लाही आएका हुन्।

उनले कांग्रेसका नेता, कार्यकर्ताले कोइरालाको मागदर्शन अनुशरण गर्नुपर्ने बताए। श्रद्धाञ्जली सभामा दिवंगत कोइरालाको जीवनीबारे मात्रै चर्चा गरेका कांग्रेस महामन्त्री थापाले कोइरालाको योगदान सँधै अमर रहने उल्लेख गरेका छन्।
 

प्रकाशित: Aug 28, 2025| 18:27 बिहीबार, भदौ १२, २०८२
प्रतिक्रिया दिनुहोस्