बिहीबार, वैशाख १०, २०८३

योजना निर्माण र विनियोजनको गम्भीर समस्यामा छौं : मन्त्री पौडेल

 |  बिहीबार, भदौ १२, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १२, २०८२

काठमाडौं- अर्थमन्त्री विष्णु पौडेलले योजना निर्माण र विनियोजनमा गम्भीर समस्यामा रहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित नेपालको बजेट कार्यान्वयनमा चुनौती विषयक सार्वजनिक नीति संवाद कार्यक्रममा बोल्दै उनले योजना निर्माण र विनियोजनमा भएको गम्भीर समस्याबाट बाहिर निस्कन कोसिश भएपनि त्यति नै पर्याप्त नभएको बताए।

National life

उनले भने, ‘योजना निर्माण मा र विनियोजनमा हामी एउटा गम्भीर समस्यामा छौं। र त्यो समस्याबाट बाहिर निस्कने कोसिश पनि भएको छ। तर हाम्रो कोशिस अझै पर्याप्त भएको छैन भन्ने मलाई लागेको छ।’

त्यस्तै उनले यसपटक बैंकभन्दा बाहिरबाट योजना इन्ट्री गर्दैनौं, तीन करोडभन्दा सानो योजना संघीय सरकारको योजनामा समावेश गर्दैनौं भन्ने निष्कर्षमा उभिनको लागि धेरै ठूलो चुनौतीको सामना गर्नुपरेको बताए।

अप्ठ्यारालाई चिर्दै वस्तुनिष्ठ,आवश्यक्ता सापेक्षित र स्रोत सापेक्षित भएर योजना निर्माण गर्नुपर्ने धारणा राखे। साथै स्रोतलाई अत्याधिक प्रतिफल हुनेगरी योजनाहरुमा विनियोजन गर्ने ढाँचामा जान आवश्यक रहेको पनि मन्त्री पौडेलले बताए।

उनले भने, ‘यसपटक बैंकभन्दा बाहिरबाट योजना इन्ट्री गर्दैनौं। तीन करोडभन्दा सानो योजना संघीय सरकारको योजनामा समावेश गर्दैनौं भन्ने त्यो निष्कर्षमा उभिनको लागि धेरै ठूलो चुनौतीको सामना गर्नुपर्यो। त्यसकारण यो अप्ठ्याराबीच हामी छौं। तथापी यी अप्ठ्यारालाई चिर्दै योजना वस्तुनिष्ठ ढंगले निर्माण गर्ने आवश्यक्ता सापेक्षित,श्रोत सापेक्षित भएर योजना निर्माण गर्ने र त्यो स्रोतलाई अत्याधिक प्रतिफल हुनेगरी योजनाहरुमा विनियोजन गर्ने ढाँचामा हामी जानैपर्छ।’

kumari

प्रकाशित: Aug 28, 2025| 11:25 बिहीबार, भदौ १२, २०८२
प्रतिक्रिया दिनुहोस्