आइतबार, भदौ २१, २०८३

रास्वपा केन्द्रीय सदस्य पाँडे पक्राउ

 |  बुधबार, भदौ ११, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ११, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा. अरनिको पाँडे पक्राउ परेका छन्। एक जना महिलालाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा उनी पक्राउ परेका हुन्।

महिलाले उजुरी दिएपछि पक्राउ गरिएको साइबर ब्युरोका एक अधिकारीले जानकारी दिएका छन्।

अदालतबाट आज पक्राउ पुर्जी जारी भएपछि साँझ पक्राउ गरिएको र भोलि म्याद थपका लागि अदालतमा लगिने बताइएको छ।

प्रकाशित: Aug 27, 2025| 21:28 बुधबार, भदौ ११, २०८२
प्रतिक्रिया दिनुहोस्