शनिबार, मंसिर २०, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • माधव नेपाल र बाबुराम भट्टराईद्वारा उखु किसानको आन्दोलनमा एक्यवद्धता

माधव नेपाल र बाबुराम भट्टराईद्वारा उखु किसानको आन्दोलनमा एक्यवद्धता

 |  मंगलबार, भदौ १०, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १०, २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेसपा (नयाँ शक्ति) अध्यक्ष डा. बाबुराम भट्टराईले उखु किसानको आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन्।

National life

मंगलबार माइतिघरमा पुगेर पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईले उखु किसानको आन्दोलनप्रति ऐक्यवद्धता जनाउदै केहिबेर धर्नामा सहभागी भएका हुन्। सो क्रममा नेपाल र भट्टराईले किसानको माग र समस्याका बारेमा जानकारी लिएका थिए।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्ना पार्टीले उखु किसानका बारेमा सदनमा पनि आवाज उठाएको र धर्नास्थलमा आएर किसानहरुका मनोवल उठाउन खोजेको बताए।

उखु किसानको आन्दोलन निजि स्वार्थका लागि नभएर देशको अर्थतन्त्रका लागि पनि महत्वपूर्ण रहेको उहाले उल्लेख गरे।

Photo-(16)-1756210109.jpg
 

Laxmi sunrise bank
kumari

अध्यक्ष नेपालले उखु किसानले लामो समयदेखि बिभिन्न समस्या भोग्नुपरेकाले जायज मागलाई तुरुन्त सम्बोधन गर्नुपर्ने धारणा राखे।

त्यस्तै नेसपा (नयाँ शक्ति) अध्यक्ष डा. बाबुराम भट्टराईले स्वदेशी उत्पादनलाई निरुत्साहित गर्ने र सीमापारिबाट सस्तो चिनि ल्याएर कमिशन खाने र जनतालाई महङ्गोमा बेच्ने काम भएको बताए। 

उनले उखु किसानहरुको उत्पादनको किसानहरुको समेत सहभागीतामा मूल्य तोक्नुपर्ने र समयमा नै अनुदान दिनुपर्ने जिकिर गरे। किसानहरुको आन्दोलन जायज भएकाले आफूहरूको पूर्ण समर्थन रहेको उनको भनाइ छ।

सरकारले विगतमा तोकेको अनुदान नदिएको र अहिले अनुदान नै कटौति गर्ने तयारी भएको भन्दै उखु किसानहरु आन्दोलित छन्।

प्रकाशित: Aug 26, 2025| 17:53 मंगलबार, भदौ १०, २०८२
प्रतिक्रिया दिनुहोस्