शनिबार, वैशाख १२, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • माधव नेपाल र बाबुराम भट्टराईद्वारा उखु किसानको आन्दोलनमा एक्यवद्धता

माधव नेपाल र बाबुराम भट्टराईद्वारा उखु किसानको आन्दोलनमा एक्यवद्धता

 |  मंगलबार, भदौ १०, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १०, २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेसपा (नयाँ शक्ति) अध्यक्ष डा. बाबुराम भट्टराईले उखु किसानको आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन्।

National life

मंगलबार माइतिघरमा पुगेर पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईले उखु किसानको आन्दोलनप्रति ऐक्यवद्धता जनाउदै केहिबेर धर्नामा सहभागी भएका हुन्। सो क्रममा नेपाल र भट्टराईले किसानको माग र समस्याका बारेमा जानकारी लिएका थिए।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्ना पार्टीले उखु किसानका बारेमा सदनमा पनि आवाज उठाएको र धर्नास्थलमा आएर किसानहरुका मनोवल उठाउन खोजेको बताए।

उखु किसानको आन्दोलन निजि स्वार्थका लागि नभएर देशको अर्थतन्त्रका लागि पनि महत्वपूर्ण रहेको उहाले उल्लेख गरे।

Photo-(16)-1756210109.jpg
 

kumari

अध्यक्ष नेपालले उखु किसानले लामो समयदेखि बिभिन्न समस्या भोग्नुपरेकाले जायज मागलाई तुरुन्त सम्बोधन गर्नुपर्ने धारणा राखे।

त्यस्तै नेसपा (नयाँ शक्ति) अध्यक्ष डा. बाबुराम भट्टराईले स्वदेशी उत्पादनलाई निरुत्साहित गर्ने र सीमापारिबाट सस्तो चिनि ल्याएर कमिशन खाने र जनतालाई महङ्गोमा बेच्ने काम भएको बताए। 

उनले उखु किसानहरुको उत्पादनको किसानहरुको समेत सहभागीतामा मूल्य तोक्नुपर्ने र समयमा नै अनुदान दिनुपर्ने जिकिर गरे। किसानहरुको आन्दोलन जायज भएकाले आफूहरूको पूर्ण समर्थन रहेको उनको भनाइ छ।

सरकारले विगतमा तोकेको अनुदान नदिएको र अहिले अनुदान नै कटौति गर्ने तयारी भएको भन्दै उखु किसानहरु आन्दोलित छन्।

प्रकाशित: Aug 26, 2025| 17:53 मंगलबार, भदौ १०, २०८२
प्रतिक्रिया दिनुहोस्