शनिबार, मंसिर २०, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • तीजले महिलाका हकअधिकारका लागि आवाज उठाउन प्रेरणा प्रदान गर्छ : उपसभामुख राना

तीजले महिलाका हकअधिकारका लागि आवाज उठाउन प्रेरणा प्रदान गर्छ : उपसभामुख राना

 |  मंगलबार, भदौ १०, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १०, २०८२

काठमाडौं- उपसभामुख इन्दिरा रानाले तीज पर्वले लैङ्गिक समानता र महिलाको हकअधिकारका लागि आवाज उठाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकि छन्।

National life

हरितालिका तीजका अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण महिला दिदीबहिनीहरुलाई सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गर्दै उनले भनिन्, “हरितालिका तीजले नेपाली महिलालाई सशक्तीकरणको दिशामा अघि बढ्न तथा समाजमा विद्यमान लैङ्गिक विभेद, जातीय विभेदलगायत सबै प्रकारका असमानताको अन्त्यका लागि सन्देश दिन्छ।”

भाद्र शुक्ल तृतीयाको दिन हिन्दू महिलाहरूले यस दिनलाई उत्सवका रुपमा मनाउने चलन छ। सांस्कृतिक र धार्मिक पर्वका रुपमा हरितालिका तीजको नेपाली समाजमा महत्वपूर्ण स्थान छ। पर्वमा महिलाले भगवान् शिव–पार्वतीको पूजाआराधना गर्दै आफ्नो सौभाग्य, परिवारको सुख, सुस्वास्थ्य र दीर्घायुको कामनासहित उपवास बस्नाले मनोकामना पूरा हुने विश्वास छ।

शुभकामना सन्देशमा भनिएको छ, “यस्ता सांस्कृतिक पर्वले सबै नेपालीहरूको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पु¥याइरहेका हुन्छन्।”

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 26, 2025| 07:34 मंगलबार, भदौ १०, २०८२
प्रतिक्रिया दिनुहोस्