शनिबार, मंसिर २०, २०८२

राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको निर्वाचन बुधबार

 |  सोमबार, भदौ ९, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ९, २०८२

काठमाडौं- रिक्त राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको निर्वाचनको कार्यतालिका प्रकाशन भएको छ। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले समितिको सभापतिबाट राजीनामा दिएको १५ दिनपछि समितिले सभापति पाउने तय भएको हो।

National life

संघीय संसद् सचिवालयले समितिको सभापति चयनका लागि आज निर्वाचनसम्बन्धी सूचना प्रकाशन गरेको हो।

सूचनामा भनिएको छ, ‘प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा रिक्त रहेको सभापति पदको निर्वाचनको लागि प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७६ को उपनियम (१) बमोजिम सम्माननीय सभामुखले मिति २०८२ साल भदौ ११ गते बुधबारको दिन तोक्नुभएको बेहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’

प्रकाशित: Aug 25, 2025| 13:11 सोमबार, भदौ ९, २०८२
प्रतिक्रिया दिनुहोस्