शनिबार, मंसिर २०, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • अहिलेकै सरकारको कार्यकालभित्र संविधान संशोधनको प्रस्ताव ल्याइन्छ : योगेश भट्टराई

अहिलेकै सरकारको कार्यकालभित्र संविधान संशोधनको प्रस्ताव ल्याइन्छ : योगेश भट्टराई

 |  आइतबार, भदौ ८, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ८, २०८२

काठमाडौं । नेकपा एमाले सचिव योगेश भट्टराईले वर्तमान सरकारको कार्यकालभित्रै संविधान संशोधनको प्रस्ताव संसदमा ल्याउने बताएका छन्।

National life

काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचन प्रणाली संविधान संशोधनसँग जोडिएको र सरकारले संविधान संशोधनको एजेण्डालाई प्राथमिकतामा राखेको बताए। संशोधन प्रस्ताव लैजाने बारेमा संसद्का सबै राजनीतिक दलसँग छलफल हुने पनि स्पष्ट उनले पारे।

‘निर्वाचन प्रणाली संविधान संशोधनसँग जोडिएको छ। यो सरकार हामीले बनाइरहँदा संविधान संशोधनको एजेण्डालाई प्राथमिकतामा राखेका छौं। त्यसको मतलब हामी यो सरकारको कार्यकालभित्र संविधान संशोधनको प्रस्ताव संसद्मा ल्याउँछौं,’ भट्टराईले भने।

संविधान संशोधनका लागि संसदको दुई तिहाइ बहुमत आवश्यक पर्ने भन्दै नेपाली कांग्रेस र एमालेको समर्थनले मात्रै संविधान संशोधन हुन नसक्ने उनले बताए।

संविधान संशोधनका एजेण्डालाई नागरिकमा पनि लगेर छलफल गर्ने बताउँदै सकेसम्म सर्वसम्मत हुने गरी संविधान संशोधनको प्रस्ताव लैजाने प्रतिबद्धता उनले जनाए।

Laxmi sunrise bank
kumari

‘जे विषयमा संशोधन प्रस्ताव लैजाने हो त्यो संसद्का सबै राजनीतिक दलसँग बसेर हामी छलफल गर्छौँ। किनभने संसदको दुई तिहाइ बहुमत चाहिन्छ। कांग्रेस र एमालेको मात्रै समर्थनले संविधान संशोधन हुँदैन। संसद् भित्रको दुई तिहाइ बहुमत मात्रै विषयवस्तु होइन,’ उनले भने, ‘यो आम जनताको विषयवस्तु हो। संविधान संशोधनका एजेण्डालाई आम पब्लिकमा पनि छलफलमा लैजान्छौँ। सकेसम्म सर्वसम्मत हुने गरी संविधान संशोधनको प्रस्ताव लैजान्छौं।’

प्रकाशित: Aug 24, 2025| 21:28 आइतबार, भदौ ८, २०८२
प्रतिक्रिया दिनुहोस्