काठमाडौं । अटवारी पर्वको अवसरमा शुभकामना दिँदै नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश पार्टी सभापति एवं पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य बीरबहादुर बलायरले धार्मिक आस्था, सांस्कृतिक परम्परा र सामाजिक सद्भावको प्रतिकका रुपमा अटवारी पर्व रहेको बताएका छन्।
आइतबार शुभकामना बक्तव्य जारी गर्दै प्रदेश सभापति बलायरले माघि पछिको दोस्रो ठूलो पर्व अट्वारी धार्मिक आस्था, सांस्कृतिक परम्परा र सामाजिक सद्भावको प्रतिकका रुपमा मनाइने यस मौलिक पर्व अवसरमा सबै नेपालीलाई आपसी मेलमिलाप, भाइचारा र सहिष्णुतामा अघि बढ्न प्रेरणा मिल्ने विश्वास ब्यक्त गरेका छन्।
उनले अटवारी पर्वको अवसरमा थारु समुदायको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको महान पर्व अट्वारीको विशेष गरी थारु समुदायका सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदीबहिनी, छोरीचेलीहरूमा शुभकामना व्यक्त गरेका हुन्।