शनिबार, मंसिर २०, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • जनजातिलगायतका योद्धाहरुले देखाएको मार्गमा काङ्ग्रेस अग्रसर छ : देउवा

जनजातिलगायतका योद्धाहरुले देखाएको मार्गमा काङ्ग्रेस अग्रसर छ : देउवा

 |  शुक्रबार, भदौ ६, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ६, २०८२

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले गणतन्त्र, संघीयता, धर्म निरिपक्षता र समानुपातिक प्रणालीको प्रभावकारी कार्यान्वयनमा नेपाली काङ्ग्रेस दृढ रहेको बताएका छन्। 

National life

शुक्रबार काठमाडौंमा आयोजित ‘नेपाली काँग्रेस र आदिवासी जनजाति योद्धाहरु’ नामक पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा उनले आदिवासी जनजातिलगायतका योद्धाहरुले देखाएको मार्गमा काङ्ग्रेस अग्रसर रहेको भन्दै प्राप्त अधिकारलाई प्रभावकारी कार्यान्वयनमा काङ्ग्रेस दृढ रहेको बताए। 

उनले भने,‘आदिवासी जनजातिलगायतका योद्धाहरुले देखाएको मार्गमा काङ्ग्रेस अग्रसर छ। निरन्तर प्रयासपछि पार्टी समानुपातिक र समावेशि मूल्य मान्यता अनुसार अगाडि बढेको छ। गणतन्त्र, संघीयता, धर्म निरिपक्षता, समानुपातिक समावेशिताको प्रभावकारी कार्यान्वयनमा काङ्ग्रेस दृढ छ। संविधान संशोधन गर्दा प्राप्त गरेको उपलब्धीलाई जोगाउँदै अघि बढ्नुपर्छ।’

यस्तै, उनले काङ्ग्रेसले मुलुकका लागि योगदान दिने आदर्श योद्धाहरुको योगदानलाई उच्च मूल्याङ्कन गरेको भन्दै उनीहरुको जीवनमा आधारित ‘नेपाली काँग्रेस र आदिवासी जनजाति योद्धाहरु’ नामक पुस्तक विमोचन गर्न पाउँदा खुसी लागेको बताए। 

उनले भने, ‘काङ्ग्रेस तथा मुलुकका लागि योगदान दिने आदर्श योद्धाहरुको योगदानलाई उच्च मूल्याङ्कन गर्दै उहाँहरुको जीवनमा आधारित ‘नेपाली काँग्रेस र आदिवासी जनजाति योद्धाहरु’ नामक पुस्तक विमोचन गरेर उहाँहरुलाई सम्मान गर्न पाउदा एकदमै खुशी लागेको छ।’

Laxmi sunrise bank
kumari

सोही क्रममा कांग्रेस महामन्त्री गगन थापाले २०१५ को सेरोफेरोमा राजनीतिमा स्थापित भएको सबैभन्दा असल राजनीतिक व्यक्तित्व काङ्ग्रेसमा नै हुने गरेको बताए।’

प्रकाशित: Aug 22, 2025| 19:30 शुक्रबार, भदौ ६, २०८२
प्रतिक्रिया दिनुहोस्