शनिबार, मंसिर २०, २०८२

मधेश प्रदेशको कार्यवाहक मुख्यमन्त्रीमा सरोज कुमार यादव

 |  शुक्रबार, भदौ ६, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ६, २०८२

जनकपुर । मधेश प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी सरोज कुमार यादवलाई दिइएको छ। 

National life

मुख्यमन्त्री सतिशकुमार सिंह एक साताको मलेसिया भ्रमणका लागि आज जान लागेका छन्।

सिंहको अनुपस्थितिमा भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी तोकिएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मधेश प्रदेश सरकार (कार्यसम्पादन) नियमावली, २०८० को नियम १४ को उपनियम (३) बमोजिम सरोज कुमार यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएको पत्रमार्फत जानकारी गराएको छ।

मुख्यमन्त्री सिंह मलेसियामा रहेका नेपाली कामदार, विशेष गरी मधेश प्रदेशका नागरिकसँग भेटघाट गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ। सिंहले उनीहरूको अवस्था र समस्याबारे प्रत्यक्ष जानकारी लिनुका साथै विभिन्न कार्यक्रमहरूमा समेत सहभागी हुने जनाइएको छ।

Laxmi sunrise bank
kumari

मुख्यमन्त्रीको यो भ्रमणलाई वैदेशिक रोजगारीमा रहेका कामदारहरूको जीवन, समस्या र अवस्थाबारे बुझ्न महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।

Photo-(1)-(2)-1755860814.jpg
 

प्रकाशित: Aug 22, 2025| 16:52 शुक्रबार, भदौ ६, २०८२
प्रतिक्रिया दिनुहोस्