शनिबार, वैशाख १२, २०८३

तीन वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

 |  बिहीबार, भदौ ५, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ५, २०८२

काठमाडौं- संघीय संसद अन्तर्गतका तीनवटा संसदीय समितिका बैठक आज बस्दै छन्।

National life

बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ८ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा विद्यालय शिक्षा विधेयक–२०८० सम्बन्धी समितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ।

यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ। बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ।

त्यस्तै,विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल हुने छ।

kumari

प्रकाशित: Aug 21, 2025| 08:03 बिहीबार, भदौ ५, २०८२
प्रतिक्रिया दिनुहोस्