बिहीबार, साउन १४, २०८३

आजका अखबार : वाइडबडी काण्डमा के गर्दैछ अख्तियार ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडाैं- राजधानीबाट प्रकाशित शुक्रबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई पहिलो प्राथमिकतामा पारेका छन् ।
 
कसैले चिकित्सा शिक्षा विधेयकका कारण सत्तापक्ष–प्रतिपक्षबीच मुडभेडको अवस्था देखिएको विषयलाई मुख्य समाचार बनाएका छन् भने कसैले वाइडबडीका विषयमा अख्तियारले छानविन थालेको विषयलाई प्राथमिकतामा पारेका छन् । 

आजको कान्तिपुर, अन्नपूर्ण पोस्ट् र नागरिक दैनिकले सरकारले आज फेरि संसदबाट चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको विषयलाई प्राथमिकतामा पारेका छन् ।

विधेयकका कारण संसदमा सत्तापक्ष प्रतिपक्षबीच तनाव देखिदै आएको छ । सरकारले जबरजस्ती विधेयक पारित गर्ने तयारी गरेपछि आजको बैठकमा तनाव देखिने सम्भावना बढेको छ । सभामुख कृष्णबहादुर महरा पनि सरकारकै इसारामा विधेयक पारित गराउने प्रत्यत्नमा लागेको पत्रपत्रिकाले लेखेका छन् ।

आजको कान्तिपुरले भने यो विषय बाहेक वाइडबडी घोटाला काण्डमा अख्तियारले छानबिन सुरु गरेको विषयलाई प्राथमिकताका साथ छापेको छ ।

प्रारम्भिक अनुसन्धानबाट खरिद प्रकृयामा गम्भीर प्रश्न खडा भएपछि अख्तियारले विस्तृत अनुसन्धान गर्ने निर्णय गरेको छ । इजिनियर, कानुन, लेखा समुहसहितको अनुसन्धान अधिकृत तोकेर काम अघि बढाइएको समाचारमा उल्लेख छ । अख्तियारले नेपाल वायु सेवा निगमसँग केहि फाइल पनि मगाएको छ । जसको अध्ययन धमाधम सुरु गरेको जनाइएको छ । 

आजको नागरिक दैनिकले भने डा गोविन्द केसीले चिकित्सा शिक्षा विधेयकले नागरिकको नैसर्गिक अधिकार खोसेको भनि बताएको विषयलाई मुख्य समाचार बनाएको छ ।

१६ औं दिनदेखि अनशनरत डा.केसीले सांसदहरुलाई सम्बोधन गरेर लेखेको पत्रमा अहिले सदनमा प्रस्तुत गर्न लागेको विधेयकले गुणस्तरीय स्वास्थ्य सेवा पाउने नागरिकको नैसर्गिक हक खोस्ने स्पष्ट पारेका छन् । अस्पतालको शय्याबाट डा. केसीले सांसदहरुको हातमा आएको चिकित्सा शिक्षा विधेयकमा जनमुखी र विद्यार्थीमुखी प्रावधान हटाइएको समेत उल्लेख गरेका छन्।

यस्तै नागरिकले सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा रहेको अवकाशसम्बन्धी ३० वर्षे सेवाअवधि हटाउने तयारी गरेको विषयलाई पनि महत्वका साथ छापेको छ ।

गृह मन्त्रालयले ३० वर्षे सेवाअवधि हटाएर उमेरहद र पदावधिमात्रै कायम गर्न संघीय प्रहरी ऐन मस्यौदा बनाएको छ । गृहमन्त्री रामबहादुर थापाकै निर्देशनमा प्रहरी नियमावलीमा भएको ३० वर्षे सेवाअवधि हटाएर संघीय ऐनमा अवकाशको आधार उमेरहद र पदावधि मात्र कायम गर्न लागिएको समाचारमा उल्लेख छ ।

नेपाल प्रहरीको संघीय ऐन मस्यौदा अहिले गृहबाट कानुन मन्त्रालय हुँदै अर्थमा पुगेको छ ।

आजको अन्नपूर्ण पोस्ट्ले भने चिकित्सा शिक्षा विधेयक बाहेक नेपाल भारतबीच इनर्जी बैंकिङमा सहमति भएको विषयलाई मुख्य समाचार बनाएको छ ।

सहमतिअनुसार भारतले बर्खायामको बिजुली लिने, हिउँदमा दिने भएको छ । यस्तै टनकपुरबाट थप ५० मेगावाट बिजुली भारतले दिने, भैरहवा–नौतनवा प्रसारण लाइन क्षमता बढाउने र कोहलपुर–नानपारा १३२ केभी लाइन भारतले अनुदान दिने सहमति भएको छ । 

नयाँ पत्रिका दैनिकले भने तराईमा देखिएको शौचालयको समस्या र त्यसका कारण भोग्नु परेको दुःख र अपमानलाई मुख्य समाचार बनाएको छ ।

चर्पी नहुने गरिब चौकीमा शीर्षकमा खबर छापेको उसले बलात्कार रहत्याजस्तो जघन्य अपराधका दोषीलाई महिनौँसम्म पत्ता लगाउन नसक्ने प्रहरीले झिसमिसेमै बाटो ढुकेर शौच बसेका मुसहरलाई पक्राउ गरि बहादुरी देखाउने गरेको उल्लेख गरेको  छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।