शनिबार, मंसिर २०, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • नेपाली राजदूत रुपाखेतीले बुझाए चेक गणतन्त्रका राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र

नेपाली राजदूत रुपाखेतीले बुझाए चेक गणतन्त्रका राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र

 |  बुधबार, भदौ ४, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ४, २०८२

काठमाडौं । जर्मनीका लागि नेपाली राजदूत तथा चेक गणतन्त्रका लागि गैरआवासीय राजदूत डा. शैल रुपाखेतीले राष्ट्रपति पेत्र पावेलसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।

National life

सोमबार प्राग दरबारमा आयोजित समारोहमा राजदूत रुपाखेतीले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राष्ट्रपति पावेलको स्वास्थ्य र चेक जनताको समृद्धिको कामना गरेका थिए।

राजदूतले नेपाल र चेक गणतन्त्रबीचका द्विपक्षीय सहयोगका सम्भावनाबारे जोड दिँदै आगामी दिनमा सम्बन्ध अझ विस्तार हुने आशा व्यक्त गरे।

राष्ट्रपति पावेलले नयाँ राजदूतलाई स्वागत गर्दै नेपाली राष्ट्रपति र जनताको शान्ति, प्रगति र समृद्धिको शुभकामना व्यक्त गरेका थिए। उनले राजदूत रुपाखेतीको कार्यकालमा दुवै मुलुकबीचको सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा चेक उच्च अधिकारीहरूको उपस्थिति थियो। राजदूत रुपाखेती पत्नी डा। इन्दिरा पौड्याल र उपप्रमुख सागरप्रसाद फुयाँलसहित कार्यक्रममा सहभागी भएका थिए। साथै, उनले चेक विदेश मन्त्रालयका अधिकारीहरूसँग आपसी चासोका विषयमा छलफल गरेका थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 20, 2025| 22:01 बुधबार, भदौ ४, २०८२
प्रतिक्रिया दिनुहोस्