शनिबार, मंसिर २०, २०८२

आज पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

 |  बुधबार, भदौ ४, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ४, २०८२

काठमाडौं- प्रतिनिधि सभा अन्र्तगत आज पाँच वटा समितिको बैठक बस्ने भएको छ। बुधबार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो।

National life

बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकको पारित प्रतिवेदनमाथि थप छलफल गरिने कार्यसूचीमा तय गरिएको छ।

यस्तै, आज बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा हवाई तथा उड्डयन सुरक्षा सम्बन्धमा कानूनविद्हरूसँग छलफल गरिने भएको छ। बैठक भने बिहान ८ बजे बस्दैछ।

दिनको १२:१५ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल गरिने कार्यसूचीमा उल्लेख गरिएको छ।

आज बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्ने भन्ने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव कार्यान्वयनका सम्बन्धमा छलफल गरिने भएको छ।

Laxmi sunrise bank
kumari

यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन तथा आ.व. २०८२/०८३ को वार्षिक कार्ययोजनाको मस्यौदामाथि छलफल गरिने कार्यसूचीमा तय गरिएको छ।

 

प्रकाशित: Aug 20, 2025| 07:49 बुधबार, भदौ ४, २०८२
प्रतिक्रिया दिनुहोस्