शनिबार, मंसिर २०, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • वित्त परिचालन कोष स्थापनाले पूर्वाधार विकासका योजनाका लागि नयाँ ढोका खुल्छ : मन्त्री पौडेल

वित्त परिचालन कोष स्थापनाले पूर्वाधार विकासका योजनाका लागि नयाँ ढोका खुल्छ : मन्त्री पौडेल

 |  मंगलबार, भदौ ३, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३, २०८२

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्त परिचालन कोष स्थापना गर्न सके पूर्वाधार विकासका योजनाका लागि नयाँ ढोका खोल्ने बताएका छन्। 

National life

मंगलबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले पूर्वाधार विकासका लागि स्रोत परिचालन गर्न वित्त परिचालन कोष स्थापनाले सहयोग गर्ने बताएका हुन्। 

उनले भने, ‘पूर्वाधार विकासका लागि नयाँ बाटो खोल्न खोजेको हो। हामीले स्रोत परिचालन गर्नका निम्ति वित्त परिचालन कोष स्थापना गरेको हो,’ उनले भने, ‘यहाँ भएका प्रस्तावहरु सबै हिसाबले यो २०औं खर्बका योजनाहरु छान्न, स्रोत जुटाउन ती योजनाहरु कार्यान्वयन गर्नका निम्ति यसले ढोका खोल्छ। चार खर्बको कुरा छैन, २०औं खर्बका, ५०औं खर्बका आयोजनाका लागि यसले आधार दिन्छ।’

मन्त्री पौडेलले कोषको चुक्त्ता पुँजीले स्रोत जुटाउन समस्या नहुने भन्दै यसलाई कार्यान्वयन गर्न समितिका सदस्यहरु माझ प्रस्ताव राखे। 

‘हामी यो कोषमा बृद्धि गर्ने भयौ भने हामीले विषेश निर्णय गरेर विकास खर्च छ, निर्वाचन क्षेत्रमा, विभिन्न आयोजनाहरुमा विनियोजन गरेको बजेट कटौती गर्नुपर्ने स्थिति हुन्छ। हामी त्यो बाटो हिड्नु हुँदैन। चुक्त्ता पुँजीले स्रोत जुटाउन समस्या पर्ने हैन। योजनाको अध्ययन गर्न रोक्दैन,’ उनले भने।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 19, 2025| 20:17 मंगलबार, भदौ ३, २०८२
प्रतिक्रिया दिनुहोस्