NadaNada
मंगलबार, भदौ ३, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • उपसभामुखलाई हटाउन खोजेर कांग्रेस-एमाले अर्को गल्ती गर्दैछन् : प्रचण्ड

उपसभामुखलाई हटाउन खोजेर कांग्रेस-एमाले अर्को गल्ती गर्दैछन् : प्रचण्ड

 |  मंगलबार, भदौ ३, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३, २०८२

vianetvianet

काठमाडौं- नेकपा माओवादी केन्द्रले सरकारले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने प्रयास गरिराखेको भन्दै त्यसको विरोधमा उत्रिने निष्कर्ष निकालेको छ। 

मंगलबार पेरिसडाँडामा बसेको पदाधिकारीको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार बनेदेखि नै गल्ती बाहेक राम्रो काम केही नगरेको बताउँदै एउटा आदिवासी जनजाति र सामाजिक सेवा गरेको महिलालाई हटाउने प्रयास गलत भएकाले त्यसको विरुद्धमा उभिने बताए। 

उनले भने, ‘उहाँहरुको प्रयास त पहिलेदेखि कै हो। तर त्यो गलत गर्दै हुनुहुन्छ उहाँहरु। गल्ती त उहाँहरुले गरि नै राख्नुभएको छ। यो सरकार बनेदेखि नै गल्ती बाहेक राम्रो काम त गरेकै छैन्। एउटा महिला आदिवासी जनजाति, सामाजिक सेवा गरेको महिलालाई हटाउने जुन प्रयास छ त्यो गलत छ। हामी त्यसको विरोध गछौं।’ 

त्यस्तै उनले उपसभामुख  रानाले नराम्रो काम गरेको भन्ने केही पनि प्रमाण नभएको भन्दै त्यो खाली कपोकल्पीत मात्र भएको बताए। 

त्यस्तै प्रवक्ता अग्नि सापकोटाले बैठकले सरकार अधिनायकवाद बन्दै गइरहेको र उपसभामुखलाई हटाउने प्रयास बदनियत भएको निष्कर्ष निकालेको जानकारी दिए। ‘सरकार अधिनायकवाद र तानाशाहीवादतिर जाँदै छ। उपसभामुखलाई हटाउने जमर्को भइरहेको पनि सुन्नमा आएको छ। यो बेठिक हुन्छ। सरकारको यो कदममा बदनियत देखिन्छ। त्यसैले अब अध्यक्षले सत्तारुढ र विपक्षी दलसँग पनि कुराकानी गर्नुहुन्छ।’ त्यस्तै उनले भोलि बस्ने गरी बैठक स्थगित गरिएको बताए।

Metro Mart

प्रकाशित: Aug 19, 2025| 13:58 मंगलबार, भदौ ३, २०८२
प्रतिक्रिया दिनुहोस्