बुधबार, पुस १६, २०८२

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

 |  मंगलबार, भदौ ३, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३, २०८२

National life
Laxmi sunrise bank

काठमाडौं- आज नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्ने भएको छ। आज बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा बस्नेगरी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठक बोलाएको हुन्।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, स्थायी समिति बैठकका निर्णयको कार्यान्वयन, कार्य सम्पादन सम्बन्धी, मेला सम्मेलन र आन्तरिक विषयमा  छलफल हुने उपाध्यक्ष एवं पार्टी प्रवक्ता अग्नि प्रसाद सापकोटाले नेपाल न्यूज बैंकलाई जानकारी दिए।

उनले भने, ‘आजको बैठकमा राजनीतिक घटनाक्रम, स्थायी समिति बैठकका निर्णयको कार्यान्वयन, कार्य सम्पादन सम्बन्धी, मेला सम्मेलन र आन्तरिक विषयमा छलफल हुने तय भएको छ।’
यस्तै, उनले बैठकमा स्थगित भएको मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियानको तयारी बारे र विप्लव नेतृत्वको नेकपासँग गर्ने भनिएको पार्टी एकता बारे पनि सामान्य रुपमा छलफल गर्ने बताए।
 

प्रकाशित: Aug 19, 2025| 11:20 मंगलबार, भदौ ३, २०८२
प्रतिक्रिया दिनुहोस्