बिहीबार, साउन १४, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- आज माघ १० गते बिहीबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी। 

सञ्‍चारमन्त्रीको धम्की : केसीको अनशनले विधेयक रोकिँदैन

अनशनरत डा गोविन्द केसीको माग र भइसकेको सहमतिलाई वेवास्ता गर्दै सञ्चारमन्त्री गोकुल बाँस्कोटाले चिकित्सा शिक्षा विधेयक जसरी पनि पारित गर्ने धम्की दिएका छन्।  

बहुमतलाई रातो झन्डा ओढाएर विवेकलाई कात्रो नओढाउन सरकारलाई कांग्रेसको चेतावनी 

नेपाली कांग्रेसले सरकारलाई दुई तिहाइको दम्भमा बहुमतलाई रातो झन्डा ओढाएर विवेकलाई कात्रो नओढाउन चेतावनी दिएको छ। नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बिहीबार जारी पार्टीको केन्द्रीय कार्यसमिति बैठकको विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता विश्वप्रकाश शर्माले दुई तिहाइको दम्भमा विवेक नगुमाउन सुझाव दिएका हुन्। 

मन्त्रिपरिषद बैठकको १८ निर्णय : स्वाइन फ्ल्यूको महामारीदेखि कर्मचारी समायोजनसम्म 

पछिल्लो समय प्रधानमन्त्री तथा मन्त्रिपरिषदको बैठकले स्वाइन फ्ल्यूको महामारीदेखि कर्मचारीहरुको समायोजनसम्मलाई समेटेर विभिन्न १८ ओटा निर्णय गरेको छ। बैठकले माघ तीन गते गरेको उक्त निर्णय सिहंदरबारमा बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हुन्।

कुलपतिले नियम तोड्दा मध्यपश्चिम विश्वविद्यालय अस्तव्यस्त

कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले फरक राजनीतिक आस्था राख्ने पदाधिकारीलाई काम गर्न अवरोध गर्दै आफू निकटका पदाधिकारीलाई काखी च्यापेपछि मध्यपश्चिम विश्वविद्यालयको काम ठप्प भएको छ।

युद्वकालीन मुद्दामा किन अत्तालिँदै छ नेकपा ?

साठी दिनभित्र सत्यतथ्य पत्ता लगाउने भनेर गठित सत्य निरूपण र बेपत्ता आयोगको म्याद सकिनै लाग्दा फेरि एकपटक द्वन्द्वकालीन मुद्दाको चर्चा हुन थालेकोे छ।

संसदलाई गोविन्द केसीको खुलापत्र : 'माननीयज्यूहरू फेरि भुल नगर'

आमरण अनसनरत डा गोविन्द केसीले सांसदहरुलाई चिकित्सा शिक्षा विधेयकमा भएको त्रुटि सच्याउन माग गर्दै सार्वजनिक पत्र लेखेका छन्। उनले त्रिवि शिक्षण अस्पतालबाट पत्र लेखेको जनाएका छन्।

'डा केसीको अनशनले माफियालाई मर्का पर्‍यो' -भिडियो

नेपाली कांग्रेसका नेता गगन थापाले चिकित्सा शिक्षा सुधारको माग राख्दै १६ औं अनसनरत डा गोविन्द केसीका माग पुरा गर्नबाट सरकार पछाडि हट्न नहुने बताएका छन्। डा केसीको एउटै मात्र उद्देश्य चिकित्सा सशक्षा सुधार गरेकोले सरकार गम्भीर हुनुपर्ने नेता थापाले बताए। 

३३ किलो देखाउँदै सरकारले ३८ सय किलो सुन लुकायो

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले सरकारले ३३ किलो सुन देखाएर ३८ सय किलो सुन लुकाएको आरोप लगाएका छन्। 

कांग्रेसको प्रदर्शनले दमौलीमा दुई घन्टा जाम

नेपाली कांग्रेस तनहुँले आफ्ना पूर्वसभापति स्व. गिरिजाप्रसाद कोइराला र शुशिल कोइरालाको नाममा स्थापना भएका दुईवटा अस्पताल संघबाट हटाएको विरोधमा चक्का जाम गरेको छ।

कोलकाता बन्दरगाहमा पनि कागजी झन्झट हट्दै

नेपालको लागी तेश्रो मुलुकबाट सामान आयात गर्न प्रयोग हुने कोलकाता बन्दरगाहमा समेत विद्युतीय निगरानी प्रणाली ९इटिसिएस० को प्रयोग हुने भएको छ।

१० गजामा भारतीय डोजर, एकलौटी नाली निर्माण गरिँदै

भारतले सिमावर्ती क्षेत्र कंचनपुरमा एकलौटी रुपमा नाली निर्माण गरेको छ। कञ्‍चनपुरको पुनरवास नगरपालिका-११ डोकेबजार र भारतीय सिमाको दशगजा क्षेत्रमा भारतीय पक्षले एकलौटी रुपमा नाली निर्माण गरेको हो।

न्यूयोर्क टाइम्सका प्रकाशकको प्रश्‍नमा के भने ओलीले ? (प्रश्‍नाेत्तरसहित)

चार दिन सम्म स्विजरल्यान्डको डाभोस सहरमा जारि विश्व आर्थिक मन्चको दोश्रो दिनको सेसनमा बुधबार प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भए । ‘सेपिङ द फ्युचर अफ डेमेक्रेसी’ अर्थात प्रजातन्त्रको भविष्य निर्धारण शीर्षक सेसनमा ओली सहभागी भएका थिए ।  

दबाबपछि उपमहानगरले घटायो कर

जनकपुर उपमहानगरपालिका कार्यालयले चौतर्फि दबाबपछि सम्पत्ति कर घटाउने निर्णय गरेको छ। बुधबार साँझ बसेको उपमहानगरपालिकाको बोर्ड बैठकले सम्पत्ति कर घटाउने निर्णय गरेको हो।

स्वास्थ्यका लागि बहुपयोगी सुन्तला

जाडो मौसममा स्वास्थ्यका लागि फलफूल खानु निकै उपयोगी हुन्छ। चिसो मौसममा शरीरले कम मात्रामा पानी सेवन गर्ने हुनाले फलफूल खाएर शरीरमा पानीको मात्रामा कमी आउँन दिँदैन। 

ढल्यो नेपाली शैलीविज्ञानको खम्बा

नेपाली सिर्जनात्मक साहित्य, भाषा व्याकरण, समालोचना र प्राध्यापन क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका मोहनराज शर्माको बिहीबार ८२ वर्षको उमेरमा निधन भएको छ। 

वर्षाको सिउँदो रंगिँदा पुष्पलाई तनाव

नशा एल्बमको शीर्ष गीत ‘अरुकै सिन्दुरले सजिए पनि’ सार्वजनिक भएको छ। गीतमा गायक तथा संगीतकार कन्काइष्ट राईको आवाज रहेको छ। गीतको रचना नरेन्द्र खनालले गरेका हुन्। गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ।

नेपाललाई चुनौती कि अवसर ? यस्तो छ ‘हेड टु हेड’

नेपालले शुक्रबारदेखि युएईसँग तीन एकदिवसीय र तीन टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्दैछ। खेल नेपाली समय अनुसार शुक्रबार बिहान ११ः१५ बजेबाट सुरु हुनेछ। उक्त युएईसँगको सिरिजपछि नेपाल एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय वरियतामा आउनेछ।  

डीपिएलमा छक्का क्याच गर्ने दर्शकले दश हजार पाउने

अजोड इन्सुरेन्स लिमिटेडले आगामी माघ २६ गतेबाट धनगढीमा सुरु हुने तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपिएलमा) क्रिकेट प्रतियोगितामा ब्याट्सम्यानले प्रहार गरेको छक्का क्याचगर्ने दर्शकलाई दशहजार प्रदानगर्ने भएको छ।

थ्री स्टार सिमरा गोल्डकप फुटबलको फाइनलमा

रुस्लान थ्री स्टार क्लब सिमरा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बिहिबार भएको सेमिफाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै थ्री स्टार प्रतियोगिताको फाइन प्रवेश गरेको हो। 

मलेसियाको राजामा सुल्तान अब्दुल्लाह निर्वाचित

मलेसियाको राजसभाले बिहीबार नयाँ राजाका रुपमा सुल्तान अब्दुल्लाह अहमद शाह निर्वाचित भएका छन्। संवैधानिक राष्ट्रप्रमुखका रुपमा निर्वाचित सुल्तान मलेसियाको १६ औं राजा हुनुभएको अधिकारीहरूले जनाएका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।