बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्त्रिपरिषद बैठकको १८ निर्णय : स्वाइन फ्लुको महामारीदेखि कर्मचारी समायोजनसम्म 

मन्त्रिपरिषद बैठकको १८ निर्णय : स्वाइन फ्लुको महामारीदेखि कर्मचारी समायोजनसम्म 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- पछिल्लो समय प्रधानमन्त्री तथा मन्त्रिपरिषदको बैठकले स्वाइन फ्लुको महामारीदेखि कर्मचारीहरुको समायोजनसम्मलाई समेटेर विभिन्न १८ ओटा निर्णय गरेको छ। बैठकले माघ तीन गते गरेको उक्त निर्णय सिहंदरबारमा बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हुन्।

उनले मन्त्रिपरिषद बैठकले महाअभियोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृती दिने निर्णय गरिएको बताए। विश्व बैंक समूह अन्तर्गत अन्तर्राष्ट्रिय पुनर्निर्माण तथा विकास बैंकको शेयर खरिद गर्ने निर्णय भएको जानकारी दिए।

उनका अनुसार ‘युरोपियन युनियन डेलिगेसन टु’ नेपालको प्राविधिक सहायता(अनुदान) १९ लाख ९६ हजार १९९ युरो स्वीकार गर्ने निर्णय गरिएको छ। पुनर्निर्माणका लागि साउदी कोषसँग ऋण सहायता प्राप्तिका लागि अर्थ मन्त्रालयअन्तर्गत अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गरी अख्तियारी दिने निर्णय गरिएको छ। गोरखकाली रबर उद्योग लिमिटेडका कर्मचरीलाई अनिवार्य अवकाश दिने र कारखानाको वैकल्पिक व्यवस्थापन गर्ने लगायत गरी विभिन्न १८ निर्णय गरेको हो।

यस्ता छन् बैठकले गरेका निर्णयहरु :-

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।