शुक्रबार, माघ २, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • पूराना पार्टीहरुले केही गर्न सक्दैनन् भन्ने अतिरञ्जित भाष्य चिर्न आवश्यक : देउवा

पूराना पार्टीहरुले केही गर्न सक्दैनन् भन्ने अतिरञ्जित भाष्य चिर्न आवश्यक : देउवा

 |  सोमबार, भदौ २, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूराना राजनीतिक दलहरू केही गर्न सक्दैनन् भन्ने अतिरञ्जित र नकारात्मक भाष्यहरू निर्माण भएको बताएका छन्। 

National life

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा तीज पर्वको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुराना राजनीतिक दलहरू केही गर्न सक्दैनन् भन्ने अतिरञ्जित र नकारात्मक भाष्यहरू निर्माणगरी समाजलाई दिग्भ्रमित पार्ने काम भइरहेको बताउँदै यस्ता भाष्य चिर्न आवश्यक रहेको बताए।

उनले भने,‘पुराना पार्टीहरूले केही गर्न सक्दैनन् भन्ने अतिरञ्जित र  अपभाष्य निर्माण गरी समाजलाई दिग्भ्रमित गर्ने कोशिस भइरहेका छन्। तर हामीले यस्ता भाष्य र चुनौतीहरु चिर्दै हामी अझ शशक्ति र क्रियाशील हुन आवश्यक छ। कांग्रेसका सबै शुभेच्छुकहरूलाई क्रियाशील र गतिशील बनाउँदै पार्टीभित्र वृहत् एकता कायम गरी आगामी निर्वाचनमा बहुमत ल्याइ कांग्रेसको सरकार स्थिर सरकार निर्माण गर्न सबैजना एकताबद्ध भएर अघि बढ्न आवश्यक छ।’ 

त्यस्तै उनले ०८४ को निर्वाचनमा एकल बहुमत ल्याएर कांग्रेसको नेतृत्वमा सरकार निर्माण गर्नुपर्ने बताए। परम्पराले हाम्रो समुदायमा एक साझा फूलबारीको रुपमा प्रतिनिधित्व गर्दै आएको.बताउँदै पर्वहरु देशको गर्व र पहिचान भएको बताए। 

सभापति देउवाले तीज पर्वले महिलाहरुको आपसी सद्भाव,समानता र महिला सहभागितामा टेवा पुग्ने धारणा राखे। 
 

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 18, 2025| 18:02 सोमबार, भदौ २, २०८२
प्रतिक्रिया दिनुहोस्