काठमाडौं- नेपाली कांग्रेस तनहुँले आफ्ना पूर्वसभापति स्व. गिरिजाप्रसाद कोइराला र शुशिल कोइरालाको नाममा स्थापना भएका दुईवटा अस्पताल संघबाट हटाएको विरोधमा चक्का जाम गरेको छ।
बिहीबार दिउँसो त्रिभुवन राजपथको दमौलीमा दुई घन्टा चक्का जाम गरेको छ। उनीहरुले मुलुकको राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान गरेका व्यक्तिको नाममा स्थापित अस्पताललाई संघबाट हटाएर अपमान गरेको आरोप लगाएका छन्।
सरकारले यो निर्णय नसच्याएसम्म आन्दोलन जारी राख्ने जिल्ला कार्यसमिति सदस्य सुरेश भट्टराईले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४