आइतबार, भदौ २१, २०८३

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

 |  सोमबार, भदौ २, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २, २०८२

काठमाडौं- संघीय संसद्अन्तर्गत सोमबार तीन संसदीय समितिको बैठक बस्दैछ। प्रतिनिधिसभा र राष्ट्रियसभाअन्तर्गत गरी तीनवटा समितिको बैठक बस्न लागेको हो।

जसमा बिहान ११:०० बजे बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गरिने कार्यसूची रहेको छ।

विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गरिने संसद् सचिवालयले जनाएको छ।

यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो ३ बजे बस्नेछ। बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन पेस गरिने कार्यसूची छ।

प्रकाशित: Aug 18, 2025| 07:09 सोमबार, भदौ २, २०८२
प्रतिक्रिया दिनुहोस्