बिहीबार, साउन १४, २०८३

३३ किलो देखाउँदै सरकारले ३८ सय किलो सुन लुकायो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
हेटौँडा- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले सरकारले ३३ किलो सुन देखाएर ३८ सय किलो सुन लुकाएको आरोप लगाएका छन्। 

सातवटै प्रदेशमा विरोध सभा गर्ने योजना अनुरुप प्रदेश नम्बर ३ को हटौंडामा बिहीबार आयोजित सरकारविरुद्धको प्रदर्शनमा तरुण दलका अध्यक्ष बस्नेतले ३८ क्विन्टल सुन खोज्न नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को घर जानुपर्ने बताएका छन्। 

‘३३ किलो सुन काण्ड देखाउँदै सरकार ३८ क्वीन्टल सुन लुकाउन खोजीरहेको छ,’ उनले भने, ‘सुन खोज्न अरु ठाउँ हैन केपी ओली र प्रचण्डको घर जानुपर्छ । त्यही फेला पर्छ सुन।’

सरकार दिन प्रतिदिन निरंकुश बन्दै गएको भन्दै बस्नेतले प्रहरी प्रशासनलाई तरुण युवामाथि ज्यादती नगर्न चेतावनी दिए। ‘अनेक बहाना बनाएर तरुण युवाहरुलाई दुःख दिने काम बन्द गर्नुस्। हैन भने भोलीको दिनमा हामी हिसाब गर्नेछौँ’अध्यक्ष बस्नेतले भने।  

तरुण दलका कोषाध्यक्ष विद्वान गुरुङले सरकार नसच्चिए देशभरबाट तरुण कार्यकर्ता बोलाएर सिंहदरवार घेर्ने चेतावनी दिए। उनले भने, ‘सरकार आफ्नो रवैया सच्याओस्। होइन भने देशभरीका तरुण काठमाडौं आएर सिंहदरबार घेर्न आउँछौं।’ 

नयाँ युगको सुरुवातसँगै ओली सरकार चमत्कारी बन्दै गएको टिप्पणी गर्दै कोषाध्यक्ष गुरुङले भने, ‘समातिएको सुन तामा हुन थाल्यो। हावामै पानी जहाज र हावामै रेल पनि चाडैँ आउने छ।’ 

मंगलबार प्रदेश नम्बर १ को विराटनगरबाट सुरु भएको सरकार विरुद्धको प्रदर्शन माघ १४ गते सुदूरपश्चिमको धनगढीमा पुगेर सम्पन्न हुने तरुण दलका उपाध्यक्ष उत्तम चापागाईंले जानकारी दिए। 

तस्बिर सौजन्य : दिनेशजंग शाह





 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।