बुधबार, असार ३, २०८३

नेपाल भारत सम्बन्ध ऐतिहासिक : परराष्ट्रमन्त्री राणा

 |  शुक्रबार, साउन ३०, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ३०, २०८२

काठमाडौं। परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले नेपाल र भारतबीच ऐतिहासिक मित्रता, आपसी विश्वास र सहकार्य रही आएको बताउँदै आगामी दिनमा यसलाई थप प्रगाढ बनाउनुपर्नेमा जोड दिएकी छन्। 

National life

भारतको ७९औँ स्वतन्त्रता दिवसका अवसरमा नेपालस्थित भारतीय राजदूतावासद्वारा आज ललितपुरमा आयोजित कार्यक्रममा उनले भारत नेपालको एक असल छिमेकी राष्ट्रका रूपमा रहेको भन्दै दुई देशबीचको सदियौँ पुरानो सम्बन्धका विविध आयामका बारेमा चर्चा गरिन्।

भारतको आर्थिक विकासको असाधारण यात्राको प्रशंसा गर्दै मन्त्री डा. राणाले व्यापार, प्रविधि, पूर्वाधार र जनस्तरका आकांक्षाहरूमा दुई देशले संयुक्त सहकार्य विस्तार गरेर अघि बढ्ने पनि बताइन्। 

नेपाल-भारत सम्बन्ध केवल भौगोलिक सीमामा सीमित नरही हिमाल, नदी तथा प्राचीन सभ्यताको साझा ज्ञानले जोडिएको र दुई देशबीचको साझा संस्कृति र जनस्तरको सम्बन्धले त्यसलाई अटुट बनाएको उनले बताइन्। 

मन्त्री डा. राणाले जलवायु परिवर्तन, दिगो विकास र साझा चुनौतीहरूको समाधानमा दुई देशबीचको सहकार्य आगामी दिनहरूमा अझ आवश्यक रहेका उल्लेख गरिन्। यसअघि आजै मन्त्री डा. राणाले भारतीय विदेश मन्त्री डा. एस जयशंकरमार्फत् भारत र भारतीय जनताप्रति स्वतन्त्रता दिवसको हार्दिक बधाई ज्ञापन गर्दै नेपालले भारतसँगको दीर्घकालीन र दिगो साझेदारीलाई उच्च सम्मानका साथ मूल्यांकन गरेको बताएकी थिइन्।

Shivam cement

प्रकाशित: Aug 15, 2025| 20:54 शुक्रबार, साउन ३०, २०८२
प्रतिक्रिया दिनुहोस्