काठमाडौं । नेपालस्थित भारतीय दुतावासले उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा भारतको ७९औं स्वतन्त्र दिवस मनाएको छ । पाटन दरबार क्षेत्रमा रहेको भण्डारखाल बगैंचामा विशेष सांस्कृतिक कार्यक्रम गर्दै दूतावासले स्वतन्त्रता दिवस मनाएको हो ।
कार्यक्रममा प्रमुख अतिथि सिंहले भारतलाई नेपालकातर्फबाट स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गरे। ‘नेपाल र भारत सम्बन्ध विशेष प्रकारको छ । खुला सिमाना र रोटीबेटीको सम्बन्ध मात्र होइन धार्मिक,सांस्कृतिकसहित राजनीतिक सम्बन्ध पनि छ ,’ उनले भने। उपप्रधानमन्त्री सिंहले भारत स्वतन्त्रताको आन्दोलनसँग नेपालमा प्रजातन्त्र स्थापनाको सम्बन्ध जोडिएको चर्चा गदै नेपाल भारत सम्बन्ध आगामी दिनमा थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गरे।
कार्यक्रममा परराष्ट्रमन्त्री आरजु राणा देउवाले पनि भारतीय स्वतन्त्रता दिवसको शुभकामना दिए । कार्यक्रममा नेपालका लागि भारतका राजदूत नविन श्रीवास्तवले भारत पछिल्लो समय नेपालले भारतमा विद्युत विक्रि गरेर आर्थीक लाभ लिइरहेको भन्दै आगामी दिनमा अझै धेरै लाभ लिन सक्ने बताए।
कार्यक्रममा भारतबाट आएको कलाकारहरूको समूहले कथकली नृत्य प्रस्तुत गरेको थियो।