बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सञ्‍चारमन्त्रीको धम्की : केसीको अनशनले विधेयक रोकिँदैन

सञ्‍चारमन्त्रीको धम्की : केसीको अनशनले विधेयक रोकिँदैन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- अनशनरत डा गोविन्द केसीको माग र भइसकेको सहमतिलाई वेवास्ता गर्दै सञ्चारमन्त्री गोकुल बाँस्कोटाले चिकित्सा शिक्षा विधेयक जसरी पनि पारित गर्ने धम्की दिएका छन्। 

सञ्चार मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘विधेयक प्रक्रियाबाट आएको छ। त्यो पारित भएरै छाड्छ। फिर्ता लिने भन्ने हुन्न।’

उनले विधेयकमा के के विषय छन् भन्ने कुरा कसैले नपढी विरोध मात्र गरिरहेको गुनासो गरे। उनले विधेयकमा डा गोविन्द केसीका शतप्रतिशशत माग समेटिएको दाबी गरे। उनले भने, ‘विधेयकका विरुद्ध भ्रममा परेर केसी अनशनमा बस्नु भनेको उनलाई नै घाटा हो।’

अख्तियारले मर्यादाक्रममा आपत्ति जनाउनु स्वाभाविक रहेको उनले बताए। 

उनले नुवाकोटको दुप्चेश्वर दुर्घटनाका घाइतेलाई सरकारले उपचार खर्च दिने, स्वाइन फ्लु रोग निम्त्याउने वस्तु आयातमा प्रतिबन्ध लगाउने, ओमनसँगको राहदानीका लागि सहज बनाउने, भाषा आयोगको सदस्य पदमा उषा हमाललाई नियुक्त गर्ने निर्णय भएको जानकारी दिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।