बिहीबार, साउन १४, २०८३

'डा केसीको अनशनले माफियालाई मर्का पर्‍यो' -भिडियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले चिकित्सा शिक्षा सुधारको माग राख्दै १६ औं अनसनरत डा गोविन्द केसीका माग पुरा गर्नबाट सरकार पछाडि हट्न नहुने बताएका छन्। डा केसीको एउटै मात्र उद्देश्य चिकित्सा सशक्षा सुधार गर्नु भएकोले सरकार गम्भीर हुनुपर्ने नेता थापाले बताए। 

थापाले भने, ‘केसीले २०५९ सालदेखि पटक-पटक अनसन बस्दै आएका छन्। यस्तो अवस्था सिर्जन कसरी भयो?’, ‘सरकारले पटक-पटक वार्ता गर्ने। मेडिकल सञ्चालकहरुले केसीसँगका सम्झौता कार्यान्वयन नगर्ने। अनी फेरी अनसन बसे भनेर उनैलाई गालि गर्ने।’ 

‘केसीकै नसनका कारण चिकित्सा अध्ययनको शुल्क एक करोडबाट घटेर २३ लाख भयो’, उनले थपे, ‘यो समझौता सरकारले गर्छ। लागु गर्न सक्दैन। विश्व विद्यालय, सरकार हामी सबै मिलेर त्यसलाई भत्काउँछौं। अनी फेरी डा केसीलाई कतिपटक अनसन बस्छ भनेर गाली गर्छौं।’

केसीको अन्दोलनकै कारण धेरै कुरामा सुधार भएको नेता थापाको दाबी छ। उनले अहिले मेलिकल सञ्चालकहरुले केही आय बैंकमा जम्मा गर्नुपर्ने अवस्थाको सिर्जनासमेत केसीकै अनशनबाट प्राप्त भएको बताए। 

कानुन नभएकोले नै बेला-बेला यस्तो समस्या हुने गरेको थापाले बताए। उनले भने,  'यस्तो भन्दै गर्दा यसले केदारभक्त माथेमा अयोगसँग जोडि दिन्छन्। त्यो भन्दा अरु कार्यदल पनि बनेका छन्। माथेमा ओयोगले बनाएको प्रतिवेदन अरु भन्दा फरक हो। सुशिल कोइराला प्रधानमन्त्री हुँदा माथेमा आयोगले बनाएको प्रतिवेदनको आधारमा अग्नि खरेल कानुन मन्त्री हुँदै गर्दा विधेयक आयो। त्यो विधेयकले माथेमा कार्यदलको भावना समेटेन भनेर शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेलामा संसदमा यो विधेयक पेस भयो।’

उनले बेला-बेलामा नेपाली कांग्रेसले के गर्‍यो भन्ने पश्न आउँदै गर्दा उक्त अध्यादेश पास गरेको बताए। 'अहिले गोविन्द केसीको माग पनि यहीलाई कानुन बनाइदेउ भन्ने मात्रै हो', नेता थापाले भने।

‘पछि त्यसलाई भत्काएर गिरिराजमणी पोखरेलले अर्को विधेयक ल्याउनु भयो’, उनले भने, ‘यो डा गोविन्द केसीको १५औं अनसनका कारण संसदमा पारित भएन। यो पारित भएको भए घट्टेकुलोको नेसनल मेडिकल कलेज खुल्थ्यो। काठमाडौंमा अरु पाँच मेडिकल कलेज खुल्थे। देशैभरी अरु मेडिकल कलेज खुल्थे। सिटी भिटीको अवस्था अहिलेको भन्दा बिजोग हुन्थ्यो। आसयपत्र लिएको नविकरण नगरेका सबैको नविकरण हुन्थ्यो। तीन वर्षसम्म आफ्नो अस्पताल सञ्चालन गर्नुपर्ने अवस्था हुँदैन थियो।’

७५ प्रतिशत छात्रवृति गोविन्द केसीसँग भएको सम्झौताबाट प्राप्त उपलब्धी रहेको थापाले बताए। काठमाडौं भन्दा बाहिर गोविन्द कसी मेडिकल कलेज खोल्न मान्दैन भन्ने हल्ला फैलाइएकोमा कुनै पनि प्रदेशमा जहाँ अहिले मेडिकल कलेज छैन पाँच वर्ष भित्रमा मेडिकल कलेज खोल्नुपर्ने छ।
भिडियो
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।