बुधबार, पुस १६, २०८२

रास्वपा र राप्रपाले आज पनि गरे सदन बहिस्कार

 |  बिहीबार, साउन २९, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २९, २०८२

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ध्रुवबहादुर प्रधानले सदन बहिष्कारलाई निरन्तरता दिने बताएका छन्। उनले अनियमितता रोक्न न्यायिक समिति गठन नभएसम्म संसद् बहिष्कारलाई निरन्तरता दिने बताए।

National life

आज पनि राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले बैठक छाडेर बाहिरिएका छन्। बैठक बहिष्कार गर्नुअघि राप्रपाका सांसद प्रधानले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नैतिकताका आधार दिनुभएको राजीनामा सकारात्मक सन्देश भएको बताए।

‘नियतबश भएको भए नैतिकताका आधारमा राजीनामा मात्रै दिएर पुग्ने हो कि होइन ? भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई प्रश्न उठेको छ। अनियमित विषयहरू रोक्न न्यायिक छानबिन समिति गठन गर्नुपर्छ’, उनले भने, ‘हामी सदन बहिष्कार गर्ने प्रक्रियामा छौँ।’

रास्वपाकी सांसद चन्दा कार्कीले बुधबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सभापति रवि लामिछानेविरुद्ध दिनुभएको अभिव्यक्ति आपत्तिजनक रहेको बताए। ‘अदालतको फैसला सरकारले जिम्मा लिन नसक्ने उचित होइन। राज्यले हस्तक्षेप गरेपछि स्वतन्त्र न्यायपालिका कसरी हुन सक्छ ? म सदनमार्फत ध्यानाकर्षण गराउन चाहन्छु’, उनले भने।

सांसद कार्कीले मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गरेर आर्थिक पारदर्शिता कायम गर्नुपर्ने बताउँदै जनताको जनभावनाको सबैले कदर गर्नुपर्नेमा जोड दिनुभयो।

Laxmi sunrise bank

प्रकाशित: Aug 14, 2025| 14:06 बिहीबार, साउन २९, २०८२
प्रतिक्रिया दिनुहोस्