आइतबार, भदौ २१, २०८३

एमालेमा अध्यक्ष ओलीको विकल्प छैन : शंकर पोखरेल

 |  मंगलबार, साउन २७, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०८२

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको नेतृत्वमा केपी शर्मा ओलीको विकल्प नरहेको बताएका छन्। 

एमाले कोसी प्रदेश कमिटीको सातौं पूर्णकालीन बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन्।

उनले भने, ‘एमालेलाई यो अवस्थासम्म ल्याउन अध्यक्ष ओलीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। यो विषम परिस्थितिबाट पार्टीलाई जोगाउन उहाँको विकल्प छैन।’

पछिल्लो समय पार्टीको नेतृत्वको विषयमा चर्चा भइरहेकाले ओलीको विकल्प ओली नै रहेको पोखरेलले प्रष्ट पारे। 

उनले पूर्व राष्ट्रपति विद्या भण्डारी पार्टी र अध्यक्ष भन्दा माथि भएकाले राजनीतिमा फर्कन नमिल्ने बताए। 

फरक प्रसंगमा बोल्दै महासचिव पोखरेलले समृद्ध नेपाल सुखी नेपालीको नारालाई राष्ट्रिय आकांक्षा मात्र नभएर गन्तव्यको रूपमा अगाडि बढाउने दाबी गरेका छन्।

प्रकाशित: Aug 12, 2025| 20:56 मंगलबार, साउन २७, २०८२
प्रतिक्रिया दिनुहोस्