मंगलबार, साउन २७, २०८२

सुप विश्वविद्यालयमा हाजिरी जवाफ, व्यवस्थापन संकायको टिम प्रथम

 |  मंगलबार, साउन २७, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०८२

vianetvianet

काठमाडौं । स्कुल अफ डेमोक्रेसी सुदूरपश्चिम विश्वविद्यालयको  आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा स्कुल अफ डेमोक्रेसीले हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको हो।

गोकर्ण महराको अध्यक्षतामा आयोजित कार्यक्रममा विश्वविद्यालयका इन्जिनियरिङ संकायका डिन प्रा. डा. किसनदत्त भट्ट प्रमुख अतिथि रहेका थिए। यस्तै विशिष्ट अतिथिमा प्राद्यापक प्रा. कुम्भबहादुर चन्द रहेका थिए।

प्रतियोगितामा व्यवस्थापन संकायको टिम प्रथम, शिक्षा शास्त्र संकायको टिम द्वतीय र विज्ञान संकायको टिम तृतीय भएको थियो। उनीहरूलाई क्रमश: ९ हजार ९९९, ६ हजार ६६६ र तीन हजार ३३३ नगद र मेडलसहित प्रमाणपत्र प्रदान गरिएको थियो। विद्यार्थीमा शैक्षिक चेतना र ज्ञानको आदानप्रदान गराउने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको अध्यक्ष महराले बताए। प्रतिस्पर्धामा सात वटै विभागमा अध्ययनरत विद्यार्थीले सहभागिता जनाएका थिए।

प्रकाशित: Aug 12, 2025| 20:28 मंगलबार, साउन २७, २०८२
प्रतिक्रिया दिनुहोस्